मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको मदरसामा विष्फोट, कम्तीमा १५ जनाको मृत्यु, २७ घाइते

बुधबार, १४ मङ्सिर २०७९, २१ : ११
बुधबार, १४ मङ्सिर २०७९

अफगानिस्तानको समंगन प्रान्तको ऐबाक सहरमा रहेको ‘जिहादिया’ नामक मदरसामा विष्फोट भएको खबर छ । अफगान समाचार च्यानल टोलो न्यूजले अस्पतालका अधिकारीहरूलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको र २७ जना घाइते भएको बताएको छ ।

केही स्थानीय सञ्चारमाध्यममा यस विष्फोटबाट भएको क्षतिको बारेमा फरक–फरक तथ्याङ्क दिइएको छ । स्थानीय अधिकारीहरूले सञ्चारमाध्यमलाई दिउँसोको प्रार्थनाको समयमा विस्फोट भएको बताएका छन् । हालसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

विस्फोटको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले ठूलो सङ्ख्यामा मानिस घाइते भएको बीबीसीलाई बताए। स्थानीय अस्पतालका एक डाक्टरले एएफपी समाचार एजेन्सीलाई  मृत्यु हुनेमा अधिकांश मदरसाका विद्यार्थी रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप