शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा पहिलो पटक महिला रेफ्रीहरू देखिँदै

बुधबार, १४ मङ्सिर २०७९, २१ : ०१
बुधबार, १४ मङ्सिर २०७९

शुक्रबार अर्थात् डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिने भएका छन् । जर्मनी र कोस्टारिका बीचको समूह ईको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । फ्रेपार्टसँग थप दुई महिला रेफ्री सहायक रेफ्री रहनेछन् । उनीसँग नुइजा ब्याक र क्यारेन डियाजले सामेल हुनेछन्।

यसअघि ३८ वर्षीय फ्रापार्ट सन् २०१९ मा फ्रान्सको लिग–१ मा रेफ्री बनेकी थिइन् । फ्रापार्टले २०१९ मा महिला विश्वकपको फाइनलमा पनि रेफ्री गरेकी थिइन्। उनी २०१९ यूईएफए सुपर कपको फाइनल खेलका लागि रेफ्री प्यानलमा थिइन् भने २०२० को च्याम्पियन्स लिगमा सहायक रेफ्री थिइन् ।

लिङ्ग होइन योग्यता जरुरी
फिफा विश्वकपमा छनोट भएपछि फ्रापार्टले भनेकी थिइन्, ‘विश्वकपका लागि छनोट भएकोमा म निकै खुसी छु । अब छनोट लिङ्गका आधारमा होइन योग्यताका आधारमा हुन्छ । फिफाले विश्वकपमा महिला रेफ्री बोलाएर विश्वलाई कडा सन्देश दिएको छ ।’

इन्टरनेशनल फेडरेशन अफ फुटबल हिस्ट्री एन्ड स्टेटिस्टिक्सको तर्फबाट फ्रापार्टले सन् २०१९, २०२० र २०२१ मा उत्कृष्ट रेफ्रीको अवार्ड पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप