राजेश हमालद्वारा राजदूत ढकालसँग वैधानिक रेमिट्यान्सलाई बढावा दिनेबारे छलफल
इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर तथा अभिनेता राजेश हमालले युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालसँग वैधानिक रेमिट्यान्सलाई बढावा दिनेबारे छलफल गरेका छन् ।
इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका हमालले युएईका लागि नेपालका राजदूत ढकालसँग भेटवार्ता गरेर छलफल गरेका हुन् । हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरू बस्ने क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए।
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान भएको कम्पनीको भनाइ छ । विदेशबाट वैधानिक र डिजिटल माध्यमबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा वालेटमा पैसा भित्र्याउँदै डिजिटल माध्यमबाट पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै पैसा पठाउने र पाउने शैलीलाई डिजिटाइज गर्न मद्दत पुर्याउने र देशको अर्थतन्त्र सुदृढीकरणमा समेत मद्दत पुर्याउने यस अभियानको मुख्य उद्देश्य रहेको जनाइएको छ।