मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा–२ मा केहीबेरमा मतगणना सुरू हुँदै

बुधबार, १४ मङ्सिर २०७९, २० : ३६
बुधबार, १४ मङ्सिर २०७९

स्याङ्जा क्षेत्र नंं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु हुँदैछ  । निर्वाचन आयोगको निर्देशनपछि बुधबार बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । बुधबार राती ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो । 

आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो  ।  अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए। विवाद भएपछि लामो समय मतगणना वा मतदान के हुने भन्ने अन्योल थियो । 

कांग्रेसले भने मतगणना सुरु गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । मंसिर ४ गते चापाकोट नगरपालिका १ आँधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो ।

स्याङ्जा–२ मा नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्याल, नेपाली कांग्रेसका धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङसहित १२ जना उम्मेदवार  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप