शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारले भन्यो, ‘विश्वकप रंगशाला निर्माणको क्रममा ४००–५०० आप्रवासी श्रमिकको मृत्यु भयो’

बुधबार, १४ मङ्सिर २०७९, २० : ३६
बुधबार, १४ मङ्सिर २०७९

कतारले विश्वकप फुटबलको लागि रंगशाला निर्माणको क्रममा ४ देखि ५०० मात्रै आप्रवासी श्रमिकको मृत्यु भएको प्रष्ट पारेको छ । विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण तथा आयोजना तयारीका क्रममा ४ देखि ५ सय श्रमिकको मात्र मृत्यु भएको प्रष्ट पारेका हुन् । जबकि द गार्जियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालीसहित ५ मुलुकका ५ हजार ५०० भन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको थियो । 

उक्त विषयमा कतार र विश्व फुटबल महासंघ (फिफा) को चर्को आलोचना हुँदै आएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाले यस विषयमा कतार र फिफा गम्भीर नबनेको भन्दै चर्को आलोचना गर्दै आएका छन् । 

चौतर्फी रूपमा आलोचना हुन थालेपछि एक टेलिभिजन सो मा अन्तर्वार्ता दिने क्रममा थवादीले अनुमानित ४ देखि ५०० मृत्यु भएको बताएका हुन् । त्यसमध्ये पनि काम गर्ने क्रममा ३ जनाको मात्रै मृत्यु भएको उनको भनाई थियो । आप्रवासी कामदारको मृत्युबारे कतार सरकार पारदर्शी भएको दाबी गरेका छन् । 

‘मसँग सही सङ्ख्या छैन, त्यही चार देखि ५०० को हाराहारीमा मृत्यु भयो होला । एउटा मृत्यु पनि दुःखद कुरा हो । हामीले हरेक वर्ष कार्यस्थलको अवस्थालाई सुधार गर्दै लगेका थियौँ ।’ उनले भने ।   

कतारको सर्वोच्च समिति फर डेलिभरी र लिगेसी (एससी) का प्रवक्ताले समेत दोहोर्‍याएका हुन् । 

उनले सन् २०१४ देखि २०२० सम्मको अवधिमा उक्त सङ्ख्यामा मृत्यु भएको बताए । गार्जियनले सन् २०२१ मा गरेको खोजमूलक रिपोर्टमा भने १ हजार ६४१ जना नेपाली श्रमिकको मात्रै मृत्यु भएको जनाएको थियो । सन् २०११ देखि २०२० सम्म उक्त सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु भएको दाबीसहितको रिपोर्ट प्रकाशित गरेको थियो । त्यस्तै २ हजार ७११ जना भारतीय श्रमिकको मृत्यु भएको थियो । भने बंग्लादेशका १ हजार १८, पाकिस्तानका ८२४, श्रीलङ्काका ५५७ जना श्रमिकको मृत्यु भएको गार्जियनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप