शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता

बुधबार, १४ मङ्सिर २०७९, २० : ३०
बुधबार, १४ मङ्सिर २०७९

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । 

गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर ५ हजार ८१८ मत रहेको छ । कोशी गाउँपालिका ६ एमाले उम्मेदवार कुसियैतको घर भएको क्षेत्र हो । कोशी गाउँपालिकाको उक्त वडा गत स्थानीय तह निर्वाचनमा जनता समाजवादीले जितेको वडा हो । जसपाको समर्थन एमाले उम्मेदवार कुसियैतलाई रहेको छ । यस्तै बराहक्षेत्र १० नम्बर वडामा गत स्थानीय तहको निर्वाचनमा अत्यधिक मत ल्याएर नेपाली काँग्रेसले जितेको छ । उक्त वडा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप