शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाैष्टिक आहार तथा न्यानो पछ्यौरा वितरण

बुधबार, १४ मङ्सिर २०७९, २० : १६
बुधबार, १४ मङ्सिर २०७९

चन्दननाथ नगरपालिका-८ ले पौष्टिक आहार तथा न्यानो पछ्यौरा वितरण गरेको छ। नगर प्रमुख राजुसिंह कठायत र उप- प्रमुख रामदेवि खड्काको उपस्थितिमा विपन्न तथा ज्येष्ठ नागरिक,एकल महिला, फरक क्षमता भएका व्यक्ति, बालबालिका र सुनौला हजार दिनका आमाहरूलाई हर्लिक्स र पछ्यौरा वितरण गरिएको हो। १ सय २१ जना ज्येष्ठ नागरिक, १६ जना फरक क्षमता भएका व्यक्ति,१२ एकल महिला र १ सय ७ जना बालबालिकालाई ती सामग्री वितरण गरिएको कठायतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप