सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भारतले ३ महिनापछि खोल्यो चामलको निर्यात

बुधबार, १४ मङ्सिर २०७९, १९ : ४३
बुधबार, १४ मङ्सिर २०७९

भारत सरकारले ३ महिनापछि चामलको निर्यातमा लगाएको प्रतिबन्ध खुलाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको नन–बास्मती (कनिकासहित)को प्रतिबन्ध खुलाएको हो ।

महानिर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ, ‘एच एस कोड १००६४००० अन्र्तगत निर्यात हुने बास्मती बाहेकका चामल (कनिकासहित)को निर्यात खुलाइएको छ ।’ यसअघि, रुस–युक्रेनको युद्ध चर्किँदै जाँदा भारतले विश्वभर चामल र कनिकाको निर्यात प्रतिबन्ध लगाएको थियो ।

विश्व बजारमा माग बढ्ने र आन्तरिक उत्पादनले धान्न नसक्ने भन्दै भारतले यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त, भारतमा उत्पादन बढ्ने आँकलनसँगै सरकारी निकायले चामलको प्रतिबन्ध फुकुवा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप