शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

बुधबार, १४ मङ्सिर २०७९, १९ : १०
बुधबार, १४ मङ्सिर २०७९

उपत्यका प्रहरी कार्यालय प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिवेश लोहनीलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने गरी गृह मन्त्रालयले बुधवार उनलाई काज सरुवा गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

२०७९ कार्तिक २४ मा रवीन्द्र बहादुर धानुकले अवकाश पाएसँगै उपत्यका प्रहरी कार्यालयमा एआईजीको पद रिक्त छ । एआईजी लोहनी प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ । नेपाल प्रहरीमा अहिले ४ वटा  एआईजीको दरबन्दी रिक्त छ । गृह मन्त्रालयले एआईजीको बढुवा गर्ने तयारी गरिरहेको छ । बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप