शीघ्र हतियार आपूर्ति गर्न युक्रेनको आग्रह
युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङ्ग्याउन अनुरोध पनि गरेको छ ।
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले बुखारेस्टमा नाटोका विदेश मन्त्रीको जारी बैठकमा शीघ्र सहायता परिचालनका लागि आह्वान गर्दै क्षेप्यास्त्र आक्रमणबाट अवरुद्ध भएको देशको विद्युत् आपूर्ति प्रणाली तत्काल पुनःस्थापना गर्न अत्यावश्यक भएको बताए ।
त्यसका निम्ति पनि उनले नाटोको मद्दतका निम्ति अनुरोध गरेका अल जजीराले जनाएको छ । विदेशमन्त्री कुलेबाले आफ्नो देशको हवाई सुरक्षा प्रणालीलगायत पूर्वाधारको रक्षा गर्न बाह्य सहायता अपरिहार्य भएको बताएका थिए । दशौँ महिनामा प्रवेश गरेको रुस–युक्रेन द्वन्द्वले युरोपलाई स्तब्ध पारेको छ ।
युरोपेली सङघ र उसका सदस्य राष्ट्रले युद्धको विभिषिकाबाट बच्न देश छाडेर भागेका युक्रेनीप्रति ऐक्यबद्धता जनाएका छन् भने पोल्याण्ड सरकारले युक्रेनी शरणार्थीलाई अस्थायी रुपमा खाना र आवासको व्यवस्था गरेको छ । यद्यपि पोल्याण्डले चार महिनादेखि भोजन र आवास पाइरहेका युक्रेनीलाई लामो समयसम्म आतिथ्यता प्रदान गर्न नसकिने बताउँदै आएको छ ।
क्रेमलिनको सेनाले गरेको दश महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ५० अर्ब डलर क्षति भएको अनुमान गरेको छ । युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कूटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा नाटो सहितका पश्चिमा राष्ट्रले जोड दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ