शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुल अलपत्र पार्ने पप्पुलाई आयोजनाले सोध्यो ७ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी

बुधबार, १४ मङ्सिर २०७९, १७ : ४२
बुधबार, १४ मङ्सिर २०७९

गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टार मकैसिङ पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।
आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशुली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता गर्दै आइरहेको थियो ।
पटक–पटक दबाब दिँदा पनि कम्पनीले निर्माण सम्पन्न गर्न आवश्यक कदम नचालेपछि आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (२क)  बमोजिम ठेक्का अन्त्य किन नगर्ने भने प्रश्न समेत सोधिएको छ ।
७ दिन भित्र कम्पनीकातर्फबाट उचित जवाफ नआएमा कानुन बमोजिम कारबाही गर्ने आयोजनाले चेतावनी दिएको छ । गोरखा १ (क)बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण धितालले निर्वाचनअघि उक्त पुलको निर्माणकार्य अघि बढाउने बताएका थिए । 
यस्तै, निर्वाचन जितेपछि सांसद धितालले आवश्यक कदम चाल्दै पुल निर्माणको काम छिटो सक्न कम्पनीलाई दबाब दिँदै आवश्यक पहल गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप