जबर्जस्ती करणी गरेको अभियोगमा लिम्बू पक्राउ
बुधबार, १४ मङ्सिर २०७९, १७ : २३
२५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले बलात्कार अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन