मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’ दर्शकले रुचाउँछन् – आर्यन

बुधबार, १४ मङ्सिर २०७९, १७ : ०३
बुधबार, १४ मङ्सिर २०७९

अभिनेता आर्यन सिग्देलको फिल्म क्षेत्रमा रोमान्टिक नायकको परिचय छ । उनले अभिनय गरेका धेरै फिल्म रोमान्टिक छन् । जुन चलेका पनि छन् । रोमान्टिक फिल्म राम्रो चलिरहेको समय उनले एक्सन र कमेडी रोजे । तर उनलाई एक्सन र कमेडीमा दर्शकले रुचाएनन् । अहिले पनि उनलाई त्यही असफलताले पोलिरहेको छ ।

आर्यनको अहिले फिल्म ‘डिसेम्बर फल्स’ आउने तरखरमा छ । यो फिल्मबाट उनी निकै आशावादी छन् । फिल्ममा उनको जोडी अभिनेत्री उपासनासिंह ठकुरी बनेकी छन् । फिल्ममा उनको रोमान्टिक एक्सन दुबै रहेको निर्माण युनिटले जनाएको छ । 

फिल्मलाई दर्शकले मन पराउने आर्यनले बताए । ‘फिल्ममा म भएपछि एक्सन र रोमान्स दुवै हुन्छ’, आर्यनले भने, ‘डिसेम्बर फल्स’ एक्सन, रोमान्स, कमेडी सबै मसलाले भरिएको छ ।’  प्रविण झाले निर्देशन गरेका हुन् । फिल्ममा आर्यान र उपासनाको अलवा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप