स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक
बुधबार, १४ मङ्सिर २०७९, १६ : ५५
निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन ।
बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो । त्यसका लागि सबै दलका प्रतिनिधि बोलाएर छलफल सुरु गरिएको स्याङ्जा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत रामचन्द्र शर्माले रातोपाटीलाई जानकारी दिए । सो क्षेत्रमा एमाले उम्मेदवार एवं पूर्व मन्त्री पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा