मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पुच्छर भएकी बालिकाको जन्म

बुधबार, १४ मङ्सिर २०७९, १५ : २४
बुधबार, १४ मङ्सिर २०७९

मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् ।

यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ छिन् ।

पुच्छरमा रौँ, टुप्पोको आकार गोलो

जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरे । यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए । तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।

सुत्केरी हुँदा कुनै संक्रमण थिएन, आमा छोरी स्वस्थ

उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा बालिकाको जन्म भएको हो । आमा सामान्य तरिकाले सुत्केरी नभएर शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो । बालिकाका अभिभावकको उमेर २० देखि ३० वर्षको बीचमा रहेको र दुवै पूर्ण रूपमा स्वस्थ छन् । गर्भावस्थाको समयमा, आमा कुनै पनि प्रकारको विकिरण वा संक्रमणको सम्पर्कमा आएकी थिइनन्  । उनीहरुका पहिले नै एक छोरा छन्, उनले सामान्य जीवन बिताइरहेका छन् ।

पुच्छरमा दुखाइ थिएन, हल्लाउन पनि सकिन्थ्यो

डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाए । त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय भयो । शल्यक्रियामा पुच्छरलाई लिम्बर्ग प्लास्टी गरेर शरीरबाट हटाइएको थियो ।

ट्रु टेलको यो दुर्लभ केस, ब्राजिलमा यस्तो केस भेटिएको छ

यसअघि पनि पुच्छरसहित केही बच्चा जन्मिएका छन् । हालसम्म मानिसमा दुई प्रकारको पुच्छर भेटिएको छ । पहिलो– भेस्टिजियल टेल र दोस्रो ट्रु टेल । भेस्टिजियल पुच्छरलाई यस्तो पुच्छर भनिन्छ, जसले मानव जातिको विकास देखाउँछ । यसको पुच्छर भित्र हड्डी हुन्छ । अमेरिका, इङ्गल्याण्ड, फ्रान्स, जापान, इटाली र जर्मनीमा हालसम्म १९५ जनामा ​​यस्तो देखिएको छ ।

अर्कोतर्फ, ट्रु टेल यस्तो पुच्छरलाई भनिन्छ जसमा हड्डी हुँदैन । यसमा तन्तु र बोसो मात्र हुन्छ । यो पुच्छर धेरै दुर्लभ छ । हालसम्म विश्वभर यस्ता ४० वटा केस भेटिएको छ । यसअघि सन् २०२१ मा ब्राजिलमा यस्तो पुच्छर भएको बच्चाको जन्म भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप