बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रभु बैँक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सम्झौता

बुधबार, १४ मङ्सिर २०७९, १५ : २१
बुधबार, १४ मङ्सिर २०७९

प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तरगतको सहयोग सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई कोभिड– १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरूको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको सञ्चालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप