मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेशनल लाइफको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

बुधबार, १४ मङ्सिर २०७९, १५ : १४
बुधबार, १४ मङ्सिर २०७९

नेशनल लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताको सहभागिता थियो । 

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए ।

कम्पनीका बजार व्यवस्थापन विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुतिकला सम्बन्धमा प्रशिक्षण  दिएका थिए । भने सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले  सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप