चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन
चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (ब्लड क्यान्सर) द्वारा पीडित थिए । यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यहि रोगका कारण उनको बुधबार निधन भयो ।
जियाङ जेमिनलाई सन् १९८९ को तियानमेन स्क्वायरको विरोधपछि चीनको नेतृत्वका लागि छानिएको थियो । एनवाईटीको रिपोर्ट अनुसार सन् १९९३ मा सत्ता हासिल गरेपछि उनी करिब एक दशकसम्म चीनको सत्तामा रहिरहे । जियाङको निधन यस्तो समय भएको हो जब कोभिड प्रतिबन्धका कारण चीनका विभिन्न शहरमा भारी विरोध प्रदर्शन चलिरहेको छ । जियाङको शासनकालमा तियानमेन स्क्वायर विरोधपछि चीनमा कुनै ठूलो प्रदर्शन भएको छैन ।
जियाङलाई सधैँ एक मेहनेती नेताको रुपमा हेरियो । उनले बिस्तारै चीनको कम्युनिष्ट पार्टीम सफलता हासिल गरे । उनको नेतृत्वमा नै चीनको अर्थव्यवस्था बलियो भयो र कम्युनिष्टले सत्तामा पकड बनाएर विश्व शक्तिको सूचीमा आफ्नो स्थान बनाए ।
जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’