मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

बुधबार, १४ मङ्सिर २०७९, १४ : २६
बुधबार, १४ मङ्सिर २०७९

निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको आयोगका सहसचिव यज्ञ भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो । आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप