शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छ’

बुधबार, १४ मङ्सिर २०७९, १४ : २०
बुधबार, १४ मङ्सिर २०७९

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताए । 

बुधबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै उनले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । 

 अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए । उनले मौद्रिक नीतिको समीक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए । 

 अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए । उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए । उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पु¥याउँदासमेत निक्षेप बढ्न नसकेको बताए । 

अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समीक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे । उनले भने,‘मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेर बैंकहरुलाई अफ्ठ्यारो पार्दै गयो भने बैंकहरु धरासायी बन्नसक्छ । तर बैंकका ग्राहकलाई धरासाही बनाउनु पर्छ भनेको होइन । त्यो कारणले पनि बैंकहरुको ब्याज घटाउनुपर्छ । मौद्रिक नीति ल्याउँदा राष्ट्र बैंकले बोलेको कुरा दोहोरो ब्याजदर प्रणाली लागू गर्ने कुरा छ । उत्पादन क्षेत्र र गैर उत्पादन क्षेत्रको लागि फरक फरक ब्याजदरको व्यवस्थामा मौन भयो । त्यो तत्काल ल्याउनु पर्छ । अहिलेको चर्को ब्याजमा कुनैपनि व्यवसाय बच्न सक्दैन । सबै क्षेत्र बाच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा आउनुपर्ने थियो तर आएन । ०.४ प्रतिशत स्पेडदर कम गरेर ठूला बडाहरुले मात्रै त्यसको फाइदा लिन्छन् । बैंकहरुले जोखिम हेरेर लगानी गर्छन् । स्पेडदर कम हुँदैमा केही राहत हुन्छ जस्तो लाग्दैन । तर बैंकहरु कमजोर हुँदै जान्छन् । राष्ट्र बैंकले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राख्न मिल्दैन । एउटा खराब बैंकलाई देखाएर राष्ट्र बैंक र निजी क्षेत्रले बैंकिङ क्षेत्रलाई नै चोर भन्न मिल्दैन । बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड हो । यो नै धरासायी भयो भने सबै क्षेत्र त्यस्तै हुन्छ । त्यसको समाधान राष्ट्र बैंक र सरकारले गर्नुपर्छ । आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु पनि छन् । अहिले हामीलाई नाफा भन्दा पनि महत्वपूर्ण विषय भनेको बाच्नुपर्छ भन्ने हो ।’

अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा नीति गलत नभएको बताए । उनले फाइनान्ससियल अनुशासनमा हुनेहरु व्यवसायीहरुलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने बताए । अध्यक्ष गोल्यानले तरलता बढी भएको बेलामा बैंकहरुले जथाभावी कर्जा दिँदा समस्या भएको बताए । उनले  चालुपुँजी कर्जा नीति गलत नभए पनि केही  व्यवस्थाहरुमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप