मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधि सभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

बुधबार, १४ मङ्सिर २०७९, २३ : ०१
बुधबार, १४ मङ्सिर २०७९

संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तरखरमा छ । 

अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा कुनैपनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा  संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ । 

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधिन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निष्क्रिय भइसकेको बताए । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए । 

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निष्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकहरुको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए । 

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप