आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाट खोलामा पहिलो पटक नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडक आश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो ।
विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बृद्ध बृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं १ का संयोजक नवराज केसीले जानकारी दिए । आश्रमका लागि आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरुष, ६५ महिला र पाँच बालबालिका गरी एक सय ६० आश्रित छन्।
मानव सेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनकुटा, सुर्खेत, पोखरा तथा काठमाडौंलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।
फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरण भइरहेको आश्रमका अभिभावक प्रवीण खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
-
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत
-
मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल
-
गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती
-
प्रभु साहको प्रश्न, ‘नेपाल एयरलाइन्स किन घाटामा ?’
-
सहकारी बैङ्क र सहकारी संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गरौँ : सांसद सुवाल