मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी बैठकमा झलनाथ खनालको ब्रिफिङ– मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ

बुधबार, १४ मङ्सिर २०७९, १२ : १५
बुधबार, १४ मङ्सिर २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ धाँधली भएको भन्दै  पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । मंगलबार बसेको पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् । 

एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँदली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’

पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ । यस्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि आफू पराजय भएको विषयमा बैठकलाई जानकारी गराएका छन् । खतिवडाले उदयपुर २ बाट पराजित हुनुका कारण बारेमा पार्टीलाई प्रष्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप