शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो

बुधबार, १४ मङ्सिर २०७९, १२ : ०३
बुधबार, १४ मङ्सिर २०७९

नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं गोर्खाजले  प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य टोलीलाई छिटै ल्याउने तयारी भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप