सुनचाँदीको मूल्य बढ्यो
बुधबार, १४ मङ्सिर २०७९, ११ : ४४
![सुनचाँदीको मूल्य बढ्यो](https://rpcdn.ratopati.com/media/albums/gold_price_Agsw4krPez.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले मूल्य बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ तोकिएको छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । हिजो मंगलबार सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेर कारोबार सुरू भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १२ सय ८५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १२ सय ९० रूपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन