बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : बाबुराम भट्टराई

बुधबार, १४ मङ्सिर २०७९, ११ : २९
बुधबार, १४ मङ्सिर २०७९

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि  भट्टराईले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।

उनीहरूको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको अपार्टमेन्ट रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुमबासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ । मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् ।  मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप