माओवादीले सबै मत परिणाम आएपछि मात्रै निर्वाचनको समीक्षा गर्ने
बुधबार, १४ मङ्सिर २०७९, ११ : १५

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो ।
‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ पार्टी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’
निर्वाचनमा जति मत आउनुपर्ने हो त्यति नआएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ । कतिपय नेताहरूले अब सरकारमा नगएर पार्टी निर्माणमा जुट्नुपर्ने मत राख्ने गरेका छन् । आफै नेतृत्व गरेर जाने अवस्थामा बाहेक प्रतिपक्षमै बस्नुपर्ने मत बलियो हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिस्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री