‘पासो’ अभिनय गर्दा १० दिन बक्सभित्र बसेँ – रिस्ता
‘पासो’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सिंगल रिलिजको अवसर पाउन लागेको फिल्म आर बी पुनले निर्देशन गरेका हुन । भगवान भुजेल निर्माता रहेको फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको अनुमान लगाउन सकिन्छ । फिल्म निर्देशन पुनले फिल्मले दर्शकलाई नयाँ पन दिने बताए ।
‘पासो अहिले बजारमा आएको फिल्म भन्दा केही फरक छ’ पुनले भने, ‘फिल्मले दर्शक निरास बनाउँदैन । यो मेरो विश्वास हो ।’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा पनि भन्छ ।
फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्साभित्र बन्द भएको रिस्ताले बताइन् । ‘फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता थियो । कतिपय समयमा त पेन किलर खाएर काम गरे’ उनले भनिन् ।
सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् । फिल्म ‘पासो’ का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाको आफूहरूले गरेको दुःख दर्शकले स्विकार गर्ने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा