शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पासो’ अभिनय गर्दा १० दिन बक्सभित्र बसेँ – रिस्ता

बुधबार, १४ मङ्सिर २०७९, ११ : ०६
बुधबार, १४ मङ्सिर २०७९

‘पासो’ आगामी  शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । सिंगल रिलिजको अवसर पाउन लागेको फिल्म आर बी पुनले निर्देशन गरेका हुन । भगवान भुजेल निर्माता रहेको फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको अनुमान लगाउन सकिन्छ । फिल्म निर्देशन पुनले फिल्मले दर्शकलाई नयाँ पन दिने बताए ।

‘पासो अहिले बजारमा आएको फिल्म भन्दा केही फरक छ’ पुनले भने, ‘फिल्मले दर्शक निरास बनाउँदैन । यो मेरो विश्वास हो ।’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा पनि भन्छ ।

फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्साभित्र बन्द भएको रिस्ताले बताइन् । ‘फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता थियो । कतिपय समयमा त पेन किलर खाएर काम गरे’ उनले भनिन् ।

सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । ५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् । फिल्म ‘पासो’ का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाको आफूहरूले गरेको दुःख दर्शकले स्विकार गर्ने अपेक्षा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप