कतार विश्वकपका पाँच रोचक तथ्य

कतार विश्वकपमा अहिले समूह चरणका अन्तिम खेलहरु चलिरहेका छन् । मंसिर ४ गतेबाट सुरु भएको विश्वकपमा विभिन्न टोलीहरुले आफ्नो खेल कौसलताले दर्शकहरुलाई मोहित बनाइ रहेका छन् ।
कतार विश्वकप सबैभन्दा धेरै खर्च भएको विश्वकप देखि लिएर विन्टर सिजनमा भएको पहिलो विश्वकपसम्मको रोचक तथ्य बनाएको छ ।
कतार विश्वकपका बिभिन्न सात रोचक तथ्यको हामी चर्चा गर्नेछौं ।
१, विन्टर सिजनमा भएको पहिलो विश्वकप
कतार विश्वकप गर्मीका कारण विन्टर सिजनमा गर्ने फिफाले निर्णय गर्यो । समर सिजनमा कतारमा अत्याधिक गर्मी हुने भएका कारण विन्टर सिजनमा विश्वकप आयोजना भएको हो ।
यो आयोजनाले मौसमी रुपमा एसियन राष्ट्रहरुलाई भने राहात मिलेको छ । विश्वकपमा एसियन राष्ट्रहरुमा आएको निखारताको एक आयम पनि यसै सयमा विश्वकप भएर हुन सक्ने अनुमान फुबल विज्ञहरुले गरेका छन् ।
कतारमा समर सिजनमा ५० डिग्रसम्मको गर्मी हुने गर्दछ ।
२, सबैभन्दा महँगो विश्वकप
फिफा २०२२ विश्वकपको बारेमा एउटा तथ्य नयाँ स्थापित भएको छ । विश्वकप आयोजनाका लागि कतारले भरपूर खर्च गरेको छ । हालसम्म आयोजना भएको विश्वकप भन्दा धेरै खर्च कतारले यो विश्वकपमा गरेको छ ।
विश्वकै धनी राष्ट्र मध्यको एक कतारले प्रतियोगिताका लागि अनुमानित २०० अर्ब डलर खर्च गरेको बताएको छ । यसमा पूर्वाधार, विकास, प्रर्वधन र धेरै ठूला परियोजना समावेस भएका छन् ।
३, कम स्टेडियममा आयोजना गर्ने दोस्रो राष्ट्र
कतार विश्वकपमा हाल ८ स्टेडियमहरु प्रयोग भएका छन् । कतारले विश्वकपका लागि भनेर जम्मा आठ स्टेडियमहरु निर्माण गरेको छ । विश्वकपमा यसअघि सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा ६ स्टेडियम प्रतियोगि गरिएको थियो ।
कतारले सबै रंगशालाहरु कतारको राजधानीबाट छोटो दुरीमा पर्ने गरेर नयाँ तयार गरेको थियो । सबै रंगशालाहरु कतारको संस्कृति झल्किने गरेर तयार परिएको थियो ।
४, दर्शकका कीर्तिमान बन्ने सम्भावना
मध्य पूर्वी राष्ट्रमा विश्वकप भइरहेका कारण अन्य देशको तुलनामा कतारमा पुग्न सहज छ । एसियन मूलुकका दर्शकहरु पनि नजिक भएको विश्वकपलाई छुटउन चाहान्नन् ।
कतारले विश्वकपका लागि भनेर धेरै सेवा सुविधाहरु तयार गरेको छ । विश्वकपका ठूला खेलहरुका लागि कतारमा १३ सय उडान चार्टर गरिएको छ ।
५, विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वको राष्ट्र
पछिल्ला वर्षहरूमा मध्यपूर्वका देशहरू आर्थिकहरुमा विश्वको शीर्ष स्थानमा रहे पनि कतारले मात्र आयोजकको हैसियत हासिल गर्न सफल भएको छ ।
कतार विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम राष्ट्र पनि हो । यसका साथसाथै सन् २०२२ को विश्वकपलाई जापान र दक्षिण कोरियाले मिलेर आयोजना गरेको २००२ को विश्वकपपछि एशियामा आयोजना हुने दोस्रो राष्ट्र पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त