शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

बुधबार, १४ मङ्सिर २०७९, ०९ : ४६
बुधबार, १४ मङ्सिर २०७९

चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि दमन गर्न आह्वान गरेको छ । कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ ।

चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ । 

कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए । 

देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन् । चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप