शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग  ?

बुधबार, १४ मङ्सिर २०७९, ०९ : ४३
बुधबार, १४ मङ्सिर २०७९

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।

समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।

उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३–० ले पराजित गर्‍यो भने अमेरिकाले इरानमाथि १–० जीत हात पार्‍यो ।

अब अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप