प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलले गरे छलफल, सल्लाह सुझाव समेटेर अघि बढ्ने प्रतिवद्धता

काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन् । छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश केसी, मधुसुदन पाठक, विनिता अर्यालको उपस्थिति रहेको थियो ।
सहभागी उम्मेदवारहरूले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात् छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरूका सल्लाह र सुझावका आधारमा आफू अघि बढ्ने बताए । आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जनसहित अगाडि बढाउने विषयमा समेत छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु