इङ्ल्यान्ड प्रि–क्वाटरफाइलनमा प्रवेश
इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल गरेको हो ।
खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्यो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।
यता वेल्स १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए