बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला
बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख ९डीआइजी० किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ