बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा एमालेको सरकार बन्ने बलियो सम्भावना

सत्तापक्षलाई जसपाको आश
बुधबार, १४ मङ्सिर २०७९, ०६ : १०
बुधबार, १४ मङ्सिर २०७९

प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुगेको छ ।

यता सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी (एस)ले प्रत्यक्षमा २९ सिट जितेको छ । प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ ।

प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । कूल सदर १७ लाख १५ हजार ५०७ मत गणना हुँदा एमालेले ५ लाख ९९ हजार ९५९ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख ३ हजार १६३, राप्रपाले तेस्रो स्थानमा १ लाख ८२ हजार ९०९ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जसपाले ५५ हजार ३१७ र नेकपा एसले ५० हजार ८७५ मत पाएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ । अन्य पार्टीहरुले थ्रेस होल्ड अर्थात् १ दशमलव ५ प्रतिशत मत कटाएका छैनन् ।

अहिलेको समानुपातिक मतप्रतिशतको आधारमा नेकपा एमालेले १४, नेपाली काँग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले १, नेकपा एसले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वटा सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट १९ वटा हुन्छ । प्रत्यक्षमा २५ सिट रहेको एमाले र २ सिट जितेको राप्रपा तथा सानुपातिकबाट १ सिट पाउने अवस्थामा रहेको जसपाको गठबन्धनले १९ सांसद समानुपातिकबाट थप गरे उसको संख्या ४६ पुग्ने अवस्था छ ।

यता सत्ता गठबन्धनको २९ प्रत्यक्ष र समानुपातिकमा काँग्रेस, माओवादी र नेकपा एसको गरेर १७ सिट थप गर्दै ४६ सिट पुर्याउँछ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले थ्रेस होल्ड कटाएर एउटा सांसद पाउने अवस्था अन्तिमसम्म कायम गरे सत्ताको चावी उसैसँग हुने देखिन्छ ।

प्रत्यक्षमा नेकपा एमाले विजयी उम्मेद्वारहरू

१) पाँचकर्ण राई, खोटाङ १ (विजयी)

२) जयप्रकाश चौधरी, मोरङ ४ (१) (विजयी)

३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (विजयी)

४) रामबहादुर राना, इलाम २ (२) (विजयी)

५) विदुरकुमार लिङ्थेप, संखुवासभा २ (विजयी)

६) तिलचन पाठक, झापा २ (२) (विजयी)

७) छविलाल चुँडाल, झापा ३ (२) (विजयी

८) राधाकृष्ण खनाल, झापा ४ (१) (विजयी)

९) हिक्मतकुमार कार्की, झापा ५ (१) (विजयी)

१०) होमबहादुर थापा, झापा ५ (२) (विजयी)

११) एकराज कार्की, झापा २ (१) (विजयी)

१२) इन्द्रमणि पराजुली, धनकुटा २ (विजयी)

१३) उमाकान्त गौतम, मोरङ १ (१) (विजयी)

१४) लिलाबल्लभ अधिकारी, मोरङ २ (२) (विजयी)

१५) निरन राई, धनकुटा १ (विजयी)

१६) रेवती रमण भण्डारी, सुनसरी २ (१) (विजयी)

१७) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ (विजयी)

१८) किशोर चन्द्र दुलाल, तेह्रथुम १ (विजयी)

१९) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (२) (विजयी)

२०) रमेशकुमार बस्नेत, सुनसरी १ (१) (विजयी)

२१) रोहितबहादुर कार्की, सुनसरी ३ (१) (विजयी)

२२) खड्गबहादुर बस्नेत, मोरङ १ (२) (विजयी)

२३) विजयकुमार राई, सुनसरी १ (२) (विजयी)

२४) रामप्रसाद महतो, सुनसरी २ (२) (विजयी)

२५) रामदेव यादव, सुनसरी ३ (२) (विजयी)

नेपाली काँग्रेस विजयी भएको क्षेत्रहरू

१) भुपेन्द्र राई, खोटाङ २ (विजयी)

२) प्रदिपकुमार सुनुवार, ओखलढुंगा १ (१) (विजयी)

३) गोपाल तामाङ, झापा १ (१) विजयी

४) रामकुमार खत्री, उदयपुर २ (२) (विजयी)

५) मानबहादुर लिम्बू, मोरङ ३ (१) (विजयी)

६) गयानन्द मण्डल, मोरङ ५ (१) (विजयी)

७) खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २ (विजयी)

८) भूमि प्रसाद राजवंशी, झापा ३ (१) (विजयी)

९) सन्तोष सुब्बा, तेह्रथुम १ (विजयी)

१०) विनोद राई, भोजपुर २ (विजयी)

११) भीम पराजुली, मोरङ ४ (२) (विजयी)

१२) अमृत अर्याल, मोरङ ५ (२) (विजयी)

१३) सदानन्द मण्डल, सुनसरी ४ (१) (विजयी)

१४) इसाइल मन्सुरी, सुनसरी ४ (२) (विजयी)

१५) गोविन्द गिरी, इलाम २ (१) (विजयी)

१६) शमशेर राई, इलाम १ (२) विजयी

१७) हिमाल कार्की, उदयपुर १ (२) (अग्रता)

१८) विन्देश्वर यादव, सुनसरी ३ (२) (अग्रता)

माओवादी केन्द्र विजयी भएको क्षेत्रहरू

१) इन्द्रबहादुर आङ्बो, पाँचथर २ (विजयी)

२) बाबुराम गौतम, ओखलढुंगा १ (२) (विजयी)

३) नारायण बहादुर मगर, उदयपुर २ (१) (विजयी)

४) राजेन्द्र कार्की, संखुवासभा १ (विजयी)

५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम २ (विजयी)

६) गणेशप्रसाद उप्रेती, मोरङ २ (१) (विजयी)

७) गोम्बु शेर्पा, सोलुखुम्बु १ (विजयी)

८) जीवन आचार्य, मोरङ ६ (१) (विजयी)

९) राजन किराँती, उदयपुर १ (१) (विजयी

नेकपा एस विजयी भएको क्षेत्र

१) राजेन्द्रकुमार राई, भोजपुर १ (विजयी)

२) कमल प्रसाद जबेगु, पाँचथर १  (विजयी)

३) खिनु लङ्वा लिम्बू, इलाम १ (१) (विजयी)

राप्रपा विजयी भएको क्षेत्र

१) सविना बजगाईं, झापा १ (२) (विजयी)

२) भक्ति प्रसाद सिटौला, झापा ४ (२) (विजयी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप