सेनेगल विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो
मङ्गलबार, १३ मङ्सिर २०७९, २२ : ५३
सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।
कारले खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिदाए । खेलको ६७औं मिनेटमा काइकेडोल गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा कालिउडले गोल गर्दै सेनेगललाई अन्तिम १६ मा पगाए ।
जितसँगै सेनेगलले ३ खेलबाट ६ अंक जोडेर समूह उप–विजेता बन्यो । यसै समूहमा नेदरल्यान्ड्सले ७ अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ