बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्ड्स विश्वकपको प्रि–क्वाटरफाइनलमा प्रवेश

मङ्गलबार, १३ मङ्सिर २०७९, २२ : ५०
मङ्गलबार, १३ मङ्सिर २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । 

अल बायात रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । 
नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । यसै समूहको सेनेगलले ६ अंक जोड्यो । सेनेगल पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप