बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धवलाई दोहोरो पदक

मङ्गलबार, १३ मङ्सिर २०७९, २० : ५८
मङ्गलबार, १३ मङ्सिर २०७९

नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् ।

युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता हात पारेका हुन् ।

नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप