शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हनुमानढोकामा एक जना मृत अवस्थामा फेला

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : ४९
मङ्गलबार, १३ मङ्सिर २०७९

काठमाडौँ एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।   
यता जाजरकोटको भेरी नगरपालिका-१ बस्ने ५० वर्षीया दुर्पता रावत रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप