शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगारमा हुने विकृति रोक्न मन्त्री कुँवरको निर्देशन

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : ३५
मङ्गलबार, १३ मङ्सिर २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवसायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए । 
मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको उनले बताए । मन्त्री कुँवरले व्यवसायीलाई भने, 'सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौँ रकम तिर्न बाध्य छ । यो विषयमा हामी पनि अनुगमनमा कडाई गर्छौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला', उनले भने । 

साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले लाग्नु पर्ने बताए ।  उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफूहरु सधैं तयार रहेको पनि जानकारी गराए ।

कार्यक्रममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गरे । मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए । 

मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाए ।  छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बताए ।  उनले पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध गरे । 

त्यस्तै कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पीडितका उजुरी र म्यानपावर कम्पनीको बारेमा जानकारी गराएका थिए । म्यानपावर व्यवसायीले भने मलेसियामा कामदार आफूहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताए । 
सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप