शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरपालिका र भूमि आयोगबीच भएको सहमति पालना गर्न वृहत् नागरिक आन्दोलनको माग

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : २८
मङ्गलबार, १३ मङ्सिर २०७९

काठमाडौँको थापाथलीस्थित भूमिहीन सुकुम्वासी बस्तीभित्र डोजर लगेर जबरजस्ती उठिबास गराउन खोजेको भन्दै वृहत् नागरिक आन्दोलनले त्यसका विरोध गरेको छ । डोजरलाई विकासको औजार मान्नेहरूको यो अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको भन्दै आन्दोलनले त्यसको भत्सर्ना गरेको हो ।

पछिल्लो समय भूमिहीन सुकुम्वासीको बसोबासको हक सुनिश्चित गर्न महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच भएको लिखित सहमति महानगरपालिकाले पालना गर्नुपर्ने आन्दोलनले बताएको छ । सुकुम्वासी जस्तो संवेदनशील विषयलाई हेर्ने राज्यको दृष्टिकोण अमानवीय र क्रुर देखिनु निन्दनीय बताउँदै संवाद र सहमतिबिना  बसोबासको उचित र न्यायिक व्यवस्थापन असम्भव रहेको आन्दोलनको ठहर छ । 

 बस्तीका बालबालिका, अशक्त, बृद्धबृद्धा र किरिया बसिरहेका नागरिकहरूलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजिएको आन्दोलनले जनाएको छ । ‘महानगरमै श्रम गरिरहेका बस्तीका नागरिकहरू यतिबेला सन्त्रासमा बाँचिरहेका छन् । बस्तीका नागरिकहरू राज्यविहीनताको स्थितिमा छन् । आफ्नो घरबासको रक्षा गर्ने क्रममा बस्तीमा मुठभेडको अवस्था सिर्जना हुनु चिन्ताजनक छ । मुठभेडको अवस्था सिर्जना हुन दिनु भनेको राज्य स्वयं दायित्वबाट बिमुख हुनु हो,’ विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप