शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’

मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : ००
मङ्गलबार, १३ मङ्सिर २०७९

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो ।

प्रत्यक्षतर्फबाट सबैभन्दा बढी नयाँ अनुहार नेपाली कांग्रेसले भित्र्याएको छ भने दोस्रोमा एमाले रहेको छ । प्रत्यक्षतर्फ प्रदेशमा नै पहिलो बनेको कांग्रेसले प्रदेशसभामा १९ जनालाई अवसर दिँदा एमालेले १० जना नयाँ अनुहारलाई अवसर दिएको हो ।

प्रदेशसभामा माओवादी केन्द्रले भने ८ जना नयाँ व्यक्तिलाई ल्याएको छ भने राप्रपाको ७ जना र हाम्रो नेपाली पार्टीका एक जना रहेका छन् ।

प्रदेशसभाको २० वटा सिट रहेको कामठमाडौंको क्षेत्र नम्बर १(क), २ (क), २ (ख), ३ (क), ४ (क), ५ (क), ५ (ख), ६ (क), ६ (ख), ८ (क), ८ (ख) र ९ (क)बाट विभिन्न दलहरुबाट नयाँ व्यक्ति सांसद् निर्वाचित भएका छन् । त्यस्तै प्रदेशसभा तर्फ ६ वटा चितवनको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख), ३ (क), ३ (ख)मा नयाँ उम्मेदवारले चुनाव जितेर संसद्मा इन्ट्री गरेका छन् ।

प्रदेशसभा तर्फ ६ वटा रहेको ललितपुरको क्षेत्र नम्बर १ (क), १ (ख), २ (क), २ (ख), ३ (क), ३ (ख), प्रदेशसभा तर्फ ४ वटा रहेको जिल्लाहरु भक्तपुरको क्षेत्र नम्बर १ (क), २ (क), नुवाकोटको १ (ख), २ (क), २ (ख), रामेछापको क्षेत्र नम्बर १ (क), १ (ख), मकवानपुरको क्षेत्र नम्बर १ (ख), धादिङको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख), सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ (क), १ (ख), २ (ख), काभ्रेको क्षेत्र नम्बर १ (ख), २ (ख), सिन्धुलीको क्षेत्र नम्बर १ (क), २ (क), २ (ख) र प्रदेशसभाको २ वटा मात्र क्षेत्र रहेको रसुवाको १ (ख) बाट चुनाव जित्दै नयाँ उम्मेदवार संसद प्रवेश गरेका छन् ।

बागमतीका सांसदमा ४५ नयाँ अनुहार

चितवन– १ (क)

जगनाथ थपलिया– नेकपा एमाले

चितवन– २ (क)

कृष्णप्रसाद सिलवाल– नेकपा एमाले

चितवन– २ (ख)

उत्तम जोशी– नेपाली कांग्रेस

चितवन– ३ (क)

गिरबहादुर तामाङ– राप्रपा

चितवन–३ (ख)

ठाकुर प्रसाद ढकाल– नेकपा माओवादी केन्द्र 

काठमाडौं–१ (ख)

सुरजचन्द्र लामीछाने– नेपाली कांग्रेस

काठमाडौं–२ (क)

सुनिल केसी– राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं–२ (ख)

राजु विष्‍ट– राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं–३ (ख)

विमल ठकुरी– नेपाली कांग्रेस

रामेश्‍वर फुयाल– एमाले

काठमाडौं–४ (क)

श्रीराम लामिछाने– नेपाली कांग्रेस

काठमाडौं–४ (ख)

जयराम थापा– एमाले

काठमाडौं– ५ (क)

राजेन्द्र प्रजापती– राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं– ५ (ख)

श्याम बहादुर खड्का– नेपाली काँग्रेस

काठमाडौं–६ (क)

हरिप्रभा खड्गी– नेपाली कांग्रेस

काठमाडौं–६ (ख)

अमनकुमार मास्के– एमाले

काठमाडौं–८ (क)

शैलेन्द्र मान बज्राचार्य– हाम्रो नेपाली पार्टी

राजेश शाक्य– एमाले– ३७१८

काठमाडौं– ८ (ख)

उद्वव थापा– राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं–९ (क)

नुरज बज्राचार्य– राष्ट्रिय प्रजातन्त्र पार्टी

भक्तपुर–१ (क)

सुरेश श्रेष्‍ठ– नेपाली कांग्रेस

भक्तपुर–२ (क)

किरण थापामगर– एमाले

रसुवा–१ (ख)

ईन्द्रप्रसाद गोतामे– माओवादी केन्द्र

नुवाकोट–१ (ख)

रमेशकुमार महत– नेपाली कांग्रेस

नुवाकोट–२ (क)

रामप्रसाद ढुङाना– माओवादी केन्द्र

नुवाकोट– २ (ख)

बहादुर सिंह लामा (तामाङ)– नेपाली काँग्रेस

रामेछाप–१ (क)

तारानारायण श्रेष्‍ठ– माओवादी केन्द्र

रामेछाप–१ (ख)

युवराज चौलागाई– माओवादी केन्द्र

मकवानपुर–१ (ख)

एकलाल श्रेष्‍ठ– एमाले

धादिङ–१ (क)

मदुकुमार श्रेष्ठ– नेपाली कांग्रेस

धादिङ–२ (क)

गोविन्द लम्साल– नेपाली कांग्रेस

धादिङ–२ (ख)

डम्बर तामाङ– राष्ट्रिय प्रजातन्त्र पार्टी

सिन्धुपाल्चोक–१ (क)

मसिना खड्का– नेपाली कांग्रेस​

सिन्धुपाल्चोक–१ (ख)

सरल सहयात्री पौडेल– माओवादी केन्द्र

सिन्धुपाल्चोक–२ (ख)

कृष्णकुमार तामाङ– नेपाली कांग्रेस

काभ्रे–१ (ख)

तिर्थबहादुर लामा– नेपाली कांग्रेस

काभ्रे–२ (ख)

कन्चन चन्द्र वादे– नेपाली कांग्रेस

सिन्धु्ली–१ (क)

मातृकाप्रसाद भट्टराई– माओवादी केन्द्र

सिन्धु्ली–१ (ख)

रामकुमार पहाडी– नेपाली कांग्रेस

सिन्धु्ली–२ (क)

छेत्रबहादुर बम्जन– नेपाली कांग्रेस

सिन्धु्ली–२ (ख)

गंगानारायण श्रेष्‍ठ– माओवादी केन्द्र–

ललितपुर–१ (क)

मधुसुदन पौडेल– एमाले

ललितपुर–१ (ख)

मीनकृष्ण महर्जन– नेपाली कांग्रेस

ललितपुर–२ (क)

रामेश्वर श्रेष्ठ– एमाले

ललितपुर–२ (ख)

रामकृष्ण चित्रकार– नेपाली कांग्रेस

ललितपुर–३ (क)

रघुनाथ महर्जन– एमाले

ललितपुर–३ (ख)

प्रेमभक्त महर्जन– एमाले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप