बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट सेलले ल्यायो अनलिमिटेड नाइट डाटा प्लान

मङ्गलबार, १३ मङ्सिर २०७९, १७ : ४७
मङ्गलबार, १३ मङ्सिर २०७९

स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।

यो डाटा प्लानमा ग्राहकले फास्ट 4G नेटवर्क मार्फत सोसल मीडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।  यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्नु पर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप