बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि रोक्न निर्देशन

मङ्गलबार, १३ मङ्सिर २०७९, १७ : १०
मङ्गलबार, १३ मङ्सिर २०७९

औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि उत्पादन र बिक्री वितरण रोक्न निर्देशन दिएको छ । बालबालिकाहरूका लागि प्रयोग हुने झोल औषधिमा इथालेन ग्लाईकोल, डाइइथानाइल ग्लाईकोल जस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले यकिन गरेर मात्रै बिक्री गर्न विभागले निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा यस्ता खालका रसायन मिसिएर औषधि खाँदा धेरै बच्चाहरूको ज्यान गएको छ । यी रसायनयुक्त मिसावटले गर्दा बालबालिकाको मिर्गौलामा गम्भीर असर पुर्‍याएकाले उनीहरूको मृत्यु भएको  डब्ल्यूएचओले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप