अरबाज खानको प्रेमिकासँग भयो ब्रेकअप ! जर्जियाले भनिन्, ‘हाम्रो सम्बन्ध फेरियो, राम्रो साथी हौँ’
बलिउड अभिनेता, फिल्म निर्माता अरबाज खानका फिल्मभन्दा उनको प्रेम जीवन बढी चर्चामा रहन्छ । अरबाजकी जेठी श्रीमती मलाइका अरोडासँग सम्बन्धविच्छेद निकै चर्चामा रह्यो । मलाइकासँग विवाह टुटेपछि अरबाजको जीवनमा आइन् नायिका जर्जिया एन्ड्रियानी । तर के जर्जियासँग पनि अरबाजको सम्बन्ध टुटेको छ ?
खासमा जर्जियाले आफ्नो एक अन्तरवार्तामा यस्तै हिन्ट दिएकी छिन् । अरबाजसँग आफ्नो इक्वेसनबारे जर्जियाले कुरा गरेकी छिन् । जर्जियाले अरबाजलाई प्रेमी नभई राम्रो साथी मात्रै बताएकी छिन् । जर्जियाका अनुसार उनको र अरबाजको विवाह गर्ने कुनै योजना छैन । यी दुईको सम्बन्ध कोरोनाको महामारीमा लगाइएको लकडाउनका कारण निकै फेरिएको छ । अन्तरवार्तामा जर्जियासँग उनको अरबाजसँगको विवाहबारे प्रश्न सोधिएको थियो । जवाफमा नायिकाले भनिन्, ‘मैले मलाइका र अरबाजको परिवारलाई धेरैपटक भेटेको छु । अरबाज मेरा निकै मिल्ने साथी हुन् । हाम्रो विवाह गर्ने कुनै योजना छैन । लकडाउनले हाम्रो सम्बन्धलाई फेरिदिएको छ ।’
बलिउड हंगामासँगको कुराकानीमा जर्जियाले भनिन्, ‘म र अरबाज निकै मिल्ने साथी हौँ । तर विवाहको कुरा जब आउँछ तब साँच्चै भन्नुपर्दा यो यस्तो चिज हो जुन गर्ने हाम्रो कुनै योजना नै छैन । लकडाउनले हामीलाई यस्तो सोच्न बाध्य पार्यो । वास्तवमा लकडाउनले मानिसलाई कि त निकै नजिक ल्यायो कि उनीहरुलाई अलग पारिदियो ।’
यी दुईमा उमेरको ठूलो भिन्नता
अरबाज र जर्जियाले एक–अर्कालाई डेट गरेको चार वर्ष बितिसकेको छ । यी दुईबीच करिब २० वर्षको उमेर भिन्नता छ । अरबाज र जर्जियालाई धेरैजसो सँगै देखिएको छ । यद्यपि, यी दुईलाई आजकाल निकै कम मात्रामा मात्रै सँगै देख्न पाइन्छ ।
को हुन् जर्जिया एन्ड्रियानी ?
जर्जिया नायिका तथा मोडल हुन् । उनी इटालीकी हुन् । सन् २०१९ मा जर्जियाले तमिल फिल्म कारोलिना कामाक्षीबाट अभिनयमा डेब्यु गरेकी थिइन् । जर्जियाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । उनको आउँदो फिल्म मराठी हो जसको नाम वेलकम टु बजरंगपुर हो । उनको बलिउड डेब्यु फिल्म गेस्ट इन लण्डनबाट भएको थियो । जर्जिया आफ्नो ग्ल्यामरस इमेजका लागि पनि चर्चित छन् । आजकाल जर्जियाका थुप्रै तस्बिर इन्स्टामा देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार