शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पिजीको एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ४०
मङ्गलबार, १३ मङ्सिर २०७९

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा (पिजी) का शैक्षिक कार्यक्रम अन्तर्गत एकीकृत प्रवेश परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

 चिकित्सा शिक्षा आयोगले मंगलबार सूचना जारी पिजी का विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा सुरु हुने मितिभन्दा पाँच दिन अगावै परीक्षार्थी स्वयमले अनलाइनबाट आ—आफ्नो प्रवेश पत्र प्रिन्ट गर्ने समेत जारी सूचनामा उल्लेख गरिएको छ । परीक्षाहरूमा प्रवेश गर्न परीक्षार्थीले नागरिकताको सक्कल प्रमाणपत्र र विदेशी परीक्षार्थीले भने पासपोर्ट र अनलाइन आवेदन पेस गर्दा प्रयोग गरेको सक्कली कागजात ल्याउन सूचनामार्फत जानकारी गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप