बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा चार जना उम्मेदवारको जमानत जफत

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ०५
मङ्गलबार, १३ मङ्सिर २०७९

जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका  ४ जनाको जमानत जफत भएको छ। दुई  प्रतिनिधिसभा उम्मेदवार दुई  प्रदेशसभाका उम्मेदवारको जमानत जफत भएको हो । 

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार खसेको कूल सदरमतको कम्तीमा १० प्रतिशत मत ल्याउने उम्मेदवारको जमानत जोगिने छ। जसअनुसार प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले १० प्रतिशत मत कटाउन सकेनन् । 

यस्तै प्रदेशसभा (क) का नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटा र प्रदेशसभा (ख) सोही पार्टीका उम्मेदवार विर्ष वहादुर रावतको जमानत जफत भएको छ । 

 जुम्लामा प्रतिनिधिसभा तर्फ ५  जना र प्रदेश (क) र (ख)तर्फ ४–४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले १० हजार र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक उम्मेदवारले ५ हजार रुपैयाँ जनामत (धरौटी) राख्नुपर्ने व्यवस्था थियो। जनामत जोगिनेले यसअघि राखेको धरौटी रकम फिर्ता पाउने छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप