शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुम्वासी बस्तीमा तमासा गरियो, त्यहाँ कुन शत्रु बसेका छन् ? : ओली

मङ्गलबार, १३ मङ्सिर २०७९, ०३ : ००
मङ्गलबार, १३ मङ्सिर २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरूको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताएका हुन् । 

उनले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ  हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । चुप लागेर खोलाको किनारमा छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?’

उनले कसलाई पराजित गरेर कसले जित्ने भन्दै लोकतन्त्रमा बल प्रयोगबाट समस्या समाधान नहुने बताउँदै तरिका अपनाएर समस्या समाधान गर्नुपर्ने बताए । उनले सुकुम्वासी समस्या समाधान गर्नका लागि आफू नेतृत्वको सरकारले बनाएको आयोग विघटन गरेर अहिलेको सरकारले बनाएको आयोगले के गरिरहेको छ भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप