चार दिनपछि मृतकका परिवारले शव बुझे: प्रहरीप्रति सर्वसाधारणको यस्तो गुनासो

तनहुँ - गोरखा घर भई हाल व्यास ४ (ससुराली)मा बस्दै आएका २५ वर्षीय ओम बहादुर विकको गत मंगलवार कर्तव्य गरी हत्या गरिएका बिक थरका एक व्यक्तिको चार दिन पछि पीडित परिवारले शुक्रवार शव बुझेका छन् ।
सदरमुकाम दमौलीमा भएको घटनाकोअनुसन्धानमा लामो समय वितिसक्दा पनि पत्ता लगाउन नसक्दा तनहुँ प्रहरी माथि सर्वसाधारणले विभिन्न टिकाटिप्णी गर्न थालेका छन् ।
सदरमुकाममै भएको घटनाको पाँच दिन बितिसक्दा पनि कुनै टुङ्गो लगाउन नसक्नु प्रहरीको कमजोरी भएको दमौलीबासीले बताएका छन् । घटनामा संलग्न भएका भनिएका व्यक्तिलाई नै प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न नसकेको सर्वसाधारणको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले प्रहरीले तीन चार कोणबाट अनुसन्धान भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले अनुसन्धान कार्य जारी रहेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित